जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

जुम्ला । तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन् सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मङ्गलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले त्यसको उद्घाटन गरेका हुन् ।
यहाँका स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् । सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन भएका छन् ।
पालिका अध्यक्ष चौलागाईँका अनुसार जानकारी दिए । सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ । नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा रु एक करोड २० लाख बजेट खर्च भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब २० मिनेटमा पूरा हुने बताए । आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मङ्गलबार नाचगान गरेर खुसीयाली मनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’
-
वैशाख १७ गते जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा हुने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीको मुद्दामा सुनुवाइ सकियो
-
पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध
-
डाक्टर र प्रहरीबिच धकेलाधकेल, तस्बिरमा हेर्नुहोस्