बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

क्यानद्वारा दोस्रो चरणमा २४ सदस्यीय यू–१९ टोलीको घोषणा

बुधबार, ३० माघ २०८१, ०९ : ४६
बुधबार, ३० माघ २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने आईसीसी क्रिकेट प्रतियोगितामा सहभागी हुन क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय पुरुष यू–१९ टोलीको घोषणा गरेको छ ।

यसअघि, क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ३६ सदस्यीय टोलीको घोषणा गरेको थियो । पहिलो चरणमा छनोट भएका खेलाडीहरुलाई तीन समूहमा विभाजन गरी क्यानले माघ १५ देखि २२ गतेसम्म भैरहवामा ‘क्यान यूथ कप’ आयोजना गरेको थियो । 

‘क्यान यूथ कप’ दोहोरो राउन्ड रोविन लिगका आधारमा खेलाइएको थियो । सोही प्रतियोगिताबाट क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको हो । 

दोस्रो चरणका लागि घोषित टोलीमा अमर मिश्र, सोहेल कुँवर, रुहुल हक अन्सारी, निरज कुमार यादव, नरेन भट्ट, रोशन विश्वकर्मा, सिब्रिन श्रेष्ठ, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, दीपक सेराल र अपराजित पौडेल रहेका छन् ।

यसैगरी, टोलीमा विपिन प्रसाद शर्मा, रोहन साह, अभिषेक तिवारी, अरविन्द घर्ती, नितिस पटेल, दयानन्द मण्डल, सन्तोष यादव, प्रतिक पौडेल, सूर्यान्शु कोइराला, अशोक धामी, साहिल पटेल र राजेश बोहराले पनि स्थान पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप