कटहरिया स्थित एक वर्कसपमा आगलागी
बुधबार, ३० माघ २०८१, ०९ : ४३
![कटहरिया स्थित एक वर्कसपमा आगलागी](https://npcdn.ratopati.com/media/news/aag_mK4nHTkrzs.jpg)
रौतहट । रौतहटको कटहरिया बजार स्थित एक वर्कसपमा गएराति भएको आगलागीबाट ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय शंकर साहको घरमा कटहरिया नगरपालिका ९ डुमरिया गाउँका राजु रामले सञ्चालन गरेको राजु वर्कशबमा विद्युतको तार सर्ट भई गएराति १० बजे अचानक आगलागी भएको थियो।
आगोलागीबाट वर्कशप भित्र राखिएको बा४६ प ९०७ नम्बरको मोटरसाइकल र बिक्रीका लागि राखिएको पार्टपुर्जाहरू जलेको र ७ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहले जानकारी दिए।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागी भएको खबर प्राप्त हुनासाथ सई सिंहको कमान्डमा गएको प्रहरी टोली र स्थानीय मिलेर १० बजेर २० मिनेटमा आगो नियन्त्रणमा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
-
स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य
-
जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा
-
काठमाडौँ महानगरपालिकाका प्रमुखको इजलासबाट ८०.०६ प्रतिशत विवाद निरूपण
-
भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो
-
बक्स अफिसमा राम्रो कमाइ गर्दै रि-रिलिज गरिएको ‘सनम तेरी कसम’