आज हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
![आज हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै](https://npcdn.ratopati.com/media/news/untitled_gpOwdsXhxo.jpg)
काठमाडौँ । आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् ।
आतङ्कवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ का दिन यो दिवस मनाउने घोषणा गरेको हो ।
विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित पार्ने हिंसात्मक अतिवादलाई परास्त गर्दै धार्मिक, सांस्कृतिक, सामाजिक, सहिष्णुताको सन्देश प्रवाह गर्न राष्ट्रसङ्घले यो दिवस मनाउन आह्वान गरेको हो ।
सन् २०१६ मा महासचिव वान कि मुनले हिंसात्मक अतिवाद रोक्नेसम्बन्धी कार्ययोजना महासभामा प्रस्तुत गरेसँगै यो दिवस मनाउन प्रारम्भ भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा जलेर एक जनाको मृत्यु
-
च्याम्पियन्स ट्रफीअघि टोलीबाट बाहिरिए अफगानिस्तानका युवा स्पिनर
-
फागुन महिनामा कुन बैंकबाट कति पाइन्छ ब्याज ?
-
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
-
बागमती प्रदेश सभा : एउटा कानुन बनाउन डेढ करोडभन्दा बढी खर्च
-
क्यानद्वारा दोस्रो चरणमा २४ सदस्यीय यू–१९ टोलीको घोषणा