च्याम्पियन्स लिग : नकआउट चरण प्लेअफको पहिलो लेगमा रियाल विजयी, दबाबमा म्यान्सिटी
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरण प्लेअफ पहिलो लेग साविक विजेता रियाल मड्रिडले जितेको छ । मंगलबार राती भएको पहिलो लेगमा रियालले इंग्लिश क्लब म्यान्चेस्टर सिटीलाई ३-२ ले हरायो ।
रियाललाई सफलता दिलाउन केलियन एम्बाप्पे, ब्राहिम डाएज र जुड बेलिंगहमले एक–एक गोल गरे । घरेलु मैदानमा म्यान्सिटीलाई एर्लिङ हालाण्डले सम्हाले । १९ मिनेटमा पहिलो गोल गर्दै उनले म्यान्सिटीलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा गोल फर्काउँदै केलियन एम्बाप्पेले हालाण्डले दिलाएको अग्रता तोडे ।
८० औं मिनेटमा फेरि हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नजिता २–१मा ल्याए । ८६ औं मिनेटमा रियालका डाएजले गोल गर्दै नतिजा बराबरी गरे भने ९२ औं मिनेटमा बेलिंगहमले गरेको गोल निर्णायक बन्यो । अर्को हप्ता दोस्रो लेग रियालको होम टाउनमा हुनेछ ।
यस्तै, फ्रान्सको पेरिस सेन्ट जर्मेनले आफ्नै होम टाउनको ब्रेस्टलाई ३-० ले हराउँदा इटालीको युभेन्ट्सले नेदरल्याण्डसको पीएसभी आइन्दोभेनलाई २-१ ले स्तब्ध पार्यो । अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले पोर्चुगलको स्पोर्टिङ सिपीलाई ३-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साइबर अपराध नियन्त्रणमा मेटा र टिकटक सहयोगी, अरूको बेवास्ता’
-
नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : केसी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
दुई दलीय स्वार्थको टकरावले मधेश कृषि विश्वविद्यालय बन्द !
-
आज हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
-
यसरी हुँदैछ एक महिना लामो स्वस्थानी व्रतको समापन (तस्बिरहरू)