बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त

बुधबार, ३० माघ २०८१, ०१ : १८
बुधबार, ३० माघ २०८१

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले शनिबारसम्म थप बन्धक रिहा नगरे गाजा युद्धविराम भङ्ग हुने चेतावनी दिएका छन् । 

हमासले यो हप्ताको अन्तिममा सम्झौता अनुसार इजरायली बन्धकलाई रिहा नगर्ने प्रतिक्रिया दिएलगत्तै प्रधानमन्त्री नेतन्याहूले यस्तो चेतावनी दिएका हुन् । हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाई रोक्ने प्रतिक्रिया दिएको हो । 

नेतन्याहूले इजरायली सेना हमास पराजित नहुँदासम्म भीषण लडाईका लागि तयार रहेको समेत बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसका लागि समय सीमाा हमास आफैं तय गर्ने बताएका छन् ।  उनले हमास बाँकी सबै बन्धक रिहा गर्न अटेर गर्न थाले इजरायल जतिबेला पनि नरक देखाउनका लागि आतुर रहेको भन्दै उत्तेजनात्मक अभिव्यक्ति दिएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप