बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म

बुधबार, ३० माघ २०८१, ०० : २१
बुधबार, ३० माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. अदूरदर्शी पोखराका जनप्रतिनिधि 
६ महिनाको अस्थायी समाधान भन्दै बाच्छेबुडुवाबाट लामेआहाल सारिएको ल्याण्डफिल साइट साढे २ वर्षदेखि उतै छ । मेयर धनराज आचार्यले ‘टिकट काटेर हेर्न लायक गन्तव्य’ बनाउने भनेका फोहोर प्रशोधन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । 

२. अचाक्ली बढ्यो मूल्य
पछिल्लो समय बजारमा खाने तेलको मूल्य अचाक्ली बढेको छ । प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म बढेको पाइएको छ । यस्तै घिउको मूल्य पनि अत्यधिक बढेको पाइएको छ । दसैँ तिहारजस्ता ठुला चाडपर्वमा समेत मूल्य नबढेको तेल–घिउको मूल्य दुई महिनायता अत्यधिक बढेको उपभोक्ताको गुनासो छ । घिउको मूल्य अहिले २०० रुपैयाँले बढेको छ  । अहिले घिउ प्रतिकिलो १४०० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ । 

३. अकृषि उपज केन्द्र अलपत्र
पिलवस्तुको वाणगंगा नगरपालिका–११ हतौसामा कृषि उपज संकलन केन्द्र निर्माण प्रक्रियाले गति लिन नसक्दा किसान निराश भएका छन् । कपिलवस्तु र अर्घाखाँची जिल्लाका कृषिजन्य बस्तु बिक्री वितरण सहज बनाउन निर्माण गरिने भनिएको उक्त केन्द्र जग्गाको भोगाधिकारको विषयमा अड्किएको हो । प्रत्येक वर्ष यसमा बजेट विनियोजन भए पनि निर्माणको काम भने अघि बढ्न सकेको छैन । 

४.  एआईजी थापा इनसीबी कन्फरेन्समा
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीं) प्रमुख एआईजी दिपक थापा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’को हेड अफ एनसीबी कन्फरेन्समा सहभागी भएका छन् । फ्रान्सको लियोनमा इन्टरपोलको सचिवालयले आयोजनामा गरेको सम्मेलनमा उनी सहभागी भएका हुन् ।

५. गुटगत राजनीति
भर्खरै सकिएको नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनले माउ पार्टीमा तरंग ल्याइदियो । निर्वाचन विद्यार्थीको थियो, तर पार्टीको केन्द्रीय तहमा यसको प्रभाव देखियो ।

६. बलात्कार आरोपीलाई उन्मुक्ति
ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले अवकाशको मुखमा बलात्कारजस्तो गम्भीर अपराधमा न्यायिक विचलनमा पर्दै फैसला सुनाएको पाइएको छ । न्यायाधीश आचार्यले प्रतिवादीलाई सफाइ दिन मुद्दामा अङ्ग नै नपुगी हतारमा फैसला गरेको भन्दै न्याय परिषदमा उजुरीसमेत परेको छ । उजुरी परेपछि परिषदले न्यायाधीश आचार्यको इजलासले गरेको फैसला र अन्य विवरणसमेत मगाएको छ ।

७. माओवादीको प्राथमिकता
माओवादी घटकबिचको एकता तत्कालका लागि टरेको छ । पुस २३ मा सम्पन्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले विचार मिल्ने वामपन्थी दलहरूसँग एकता र ध्रुवीकरणका लागि उच्चस्तरीय वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो ।

८. आमसञ्चार विधेयक बहस 
सरकारले ल्याएको कोशी प्रदेश आमसञ्चार विधेयक संशोधन गर्नुपर्नेमा सत्तारुढ दल नेकपा एमाले र कांग्रेसकै सांसदले जोड दिएका छन् । विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिपक्षी सांसदहरूले संशोधनमा जोड दिइरहँदा सत्तापक्षका सांसद पनि संशोधन हुनुपर्नेमा सहमत देखिएका हुन् । 

९ . विद्या भण्डारीलाई बाटो खुला
 पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ औपचारिक रूपमा नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका छन् । उनी सक्रिय राजनीतिमा फर्किएसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि एमालेको राजनीतिमा फर्किन बाटो खुला भएको विश्लेषण हुन थालेको छ । 

१०. सहकारी ठगी प्रकरण
बागमती प्रदेश सरकारले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ८ सहकारीमाथि छानबिनको जिम्मा प्रहरीलाई सुम्पिएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम हिनामिना गरेका ती सहकारी सम्बन्धी फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको हो ।

११. जनमुक्ति सेनाका तत्कालीन  कमान्डर सङ्ग्रामको निधन 
माओवादीको तत्कालीन जनमुक्ति सेना नेपालका कमान्डर रामबाबु थापा ‘सङ्ग्राम’को निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा निधन भएका छन् ।  माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । जनयुद्धका उत्कर्षका वर्षहरूमा पूर्वी नेपालमा आफूले लामो समय उनीसँग सहकार्य गर्ने अवसर प्राप्त पाएको पनि शर्माको स्मरण छ।  

१२. च्याम्पियन्स ट्रफी
च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को एसोसिएट्स सदस्य राष्ट्रले नै आयोजना गर्ने अवसर पाएको थियो । प्रतियोगिता सन् २००० को अक्टोबर ३ देखि अक्टोबर १५ तारिखसम्म केन्यामा सञ्चालन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप