ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
मङ्गलबार, २९ माघ २०८१, २१ : ५७

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित ढल्कुबाट प्रहरीले लागुऔषध एम्फेटामाइन आइससहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ घर भएर मनमैजु बस्ने ४५ वर्षीया फुलमाया तामाङ र गोरखा सिरानचोक घर भएर मनमैजु बस्ने ४१ वर्षीय टेक बहादुर गुरुङ छन् ।
आरोपीहरूको साथबाट ३६० ग्राम प्रतिबन्धित लागुऔषध एम्फेटामाइन आइस बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
सो लागुऔषधको बजार मुल्य ३९ लाख ६० हजार हुने आकलन गरिएको छ । आरोपीहरुविरुद्ध लागुऔषध मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो