मच्छेगाउँमा इनारमा खसेर एकजना घाइते
मङ्गलबार, २९ माघ २०८१, २१ : ४८

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा इनारमा खसेर एकजना घाइते भएका छन् । निर्माणाधिन इनारमा खसेर सुनसरी घर भएका ४० वर्षीय लिडे उराउ घाइते भएका हुन् ।
प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
इनार निर्माणको काम गर्ने उराउ अचेत छन् । उनको सतुंगल स्थित एपिएफ अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ
-
बुमराहको फिटनेस अपडेट, मुम्बईलाई झट्का
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास
-
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ