सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
![सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल](https://npcdn.ratopati.com/media/news/safe-internet-(2)_02WIdvAgXo.jpg)
काठमाडौं । सुरक्षित इन्टरनेट दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणको कार्यशाला सम्पन्न भएको छ । प्राधिकरणको आयोजनामा विभिन्न सरोकारवाला समेतको सहभागितामा सुरक्षित इन्टरनेट दिवस मनाइएको हो ।
आजको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, एसओस बालग्राम, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीको साइबर ब्युरो, इन्टरनेट सेवा प्रदायक संघ र दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम एनसेललगायत कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।
हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार विश्वभर नै सुरक्षित इन्टरनेट दिवस मनाउने गरिएको छ । आजको कार्यशाला गोष्ठीमा इन्टरनेटको सुरक्षा र इन्टरनेटबाट सिर्जित अपराध एवं सुरक्षाका उपायको सन्दर्भमा छलफल गरिएको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल, महिला वालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत, प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी, एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक गंगाबहादुर गुरुङलगायत थिए ।
कार्यक्रममा सुरक्षित इन्टरनेट सेवा प्रदान गर्न सरकारको भूमिका विषयमा प्यानल छलफल भएको थियो । छलफलमा सञ्चार मन्त्रालयका उपसचिव नारायण तिमल्सिना, नेपाल राष्ट्र बैंकका निर्देशक कृष्ण राम ध्वजु, साइबर ब्युुरोकी प्रहरी निरीक्षक दीपा भट्टराई, नेपाल टेलिकमका प्रबन्धक कृष्ण प्रसाद भण्डारी र साइबर सुरक्षा विज्ञ विवेक राना सहभागी थिए ।
कार्यक्रममा सहभागीहरुले इन्टरनेट आफैँमा सुरक्षित नभएको भन्दै त्यसबाट सुरक्षित हुन सुरक्षाका अन्य उपाय आवश्यक हुने धारणा राखेका थिए । खासगरी अनलाइनमार्फत हुने ठगी एवं यौन दुव्र्यवहारलाई समाधान गर्न विभिन्न निकायबाट भइरहेका प्रयास र मन्त्रालयले गरिरहेको कानुनी व्यवस्थाका सन्दर्भमा छलफल भएको थियो ।
कार्यशालाअघि बालबालिकालाई इन्टरनेटबाट कसरी सुरक्षित राख्ने भन्नेबारे राष्ट्रिय वेभिनार समारोह आयोजना भएको थियो ।
उक्त सेमिनारमा देशभरका विभिन्न सामुदायिक विद्यालयका २ सय भन्दा धेरै बालबालिका सहभागी भएका प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री