शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय
अर्थ

ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने

मङ्गलबार, २९ माघ २०८१, २१ : १३
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्यास उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणबिच छलफल भएको छ ।

ग्यास उद्योगीका जायज माग सम्बोधन हुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए ।

जसका लागि बुधबार ११ बजे ग्यास उद्योगीसँग छलफल गरी उद्योगीसँग सहमति गर्ने उनले बताए । 

‘भोलि बिहान ११ बजे उद्योगीसँग बसेर मन्त्रालयमा छलफल गर्ने छौँ ,’ महानिर्देशक पौडेलले भने, ‘उक्त छलफलले ठोस निर्णय निकालेर व्यवसायीसँग सहमति गर्ने छौँ । सबै माग जायज छैनन् । उपभोक्तालाई मर्का पर्ने गरी सहमति गर्न मिल्दैन ।’ 

साथै अहिले ग्यास आयात र बिक्री नरोकिएको समेत बताए । यदि कसैले ग्यास लुकाएर अभाव सिर्जना गरे कारबाही हुने समेत उनले बताए । 

‘ग्यास लुकाएर अभाव देखाए हामी ग्यास जफत गर्छौँ,’ उनले भने,‘अहिले ग्यास आयात रोकिएको छैन । र रोक्न पनि दिने छैनौँ ।’

ग्यास उद्योगीहरूले बिहीबार पत्रकार सम्मेलनमार्फत १९ बुँदे मागसहित ग्यास आयात तथा बिक्री रोक्ने चेतावनी दिएका थिए । यसपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप