बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने

मङ्गलबार, २९ माघ २०८१, २१ : ०५
मङ्गलबार, २९ माघ २०८१

नयाँ दिल्ली । भारतीय फिल्म क्षेत्रका दिग्गज निर्माता तथा निर्देशक राकेश रोशनलाई 'आइफा अवार्ड २०२५' मा भारतीय सिनेमामा उनको उत्कृष्ट उपलब्धिहरूका लागि सम्मानित गरिने भएको छ। यस सम्मानलाई विशेष भन्दै राकेश रोशनले आफ्नो खुसी व्यक्त गरेका छन् ।

आइफा अवार्ड २०२५ ले यस वर्ष राजस्थानको जयपुरमा आफ्नो रजत जयन्ती मनाउँदै छ। यस्तोमा राकेशलाई आइफाले विशेष सम्मान गर्न लागेको हो । 

आफूले पाएको यो सम्मानप्रति प्रतिक्रिया दिँदै राकेश रोशनले यसलाई अविश्वसनीय क्षण भनेका छन् । 

उनले आइफासँगको आफ्नो यात्रा सन् २००० मा पहिलो अवार्ड समारोहबाट सुरु गरेका थिए । र, पछिल्ला केही वर्षमा भारतीय सिनेमालाई फरक उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताए । 

आइफा अवार्ड २०२५ मार्च ८ र ९ मा जयपुरमा आयोजना हुनेछ। आइफा जयपुर प्रदर्शनी र सम्मेलन केन्द्र (जेईसीसी) मा आयोजना हुनेछ। यस वर्षको आइफा डिजिटल अवार्ड मार्च ८ मा आयोजना हुँदैछ। तर, आईफाको ग्राण्ड फिनाले भने मार्च ९ मा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप