शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली

मङ्गलबार, २९ माघ २०८१, २१ : ०४
मङ्गलबार, २९ माघ २०८१

रौतहट । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नुभएको बताएका छन् । रौतहटको गरूडामा एमाले जिल्ला कमिटीद्वारा आज आयोजित वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताए । 

अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको उपमहासचिव ज्ञवालीको भनाइ थियो । देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेको जानकारी दिँदै उनले यो अध्यादेशको विरोध गर्न नहुने बताए ।

उपमहासचिव ज्ञवालीले अब पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउँदै एमालेमा योग्य नेताको अभाव रहेको अवस्थामा अस्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने कुनै ठाउँ नभएको बताए ।

पार्टीका स्थायी कमिटी सदस्य काशी अधिकारीले व्यवस्थित ढङ्गले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखे । पार्टीले गरेका निर्णयबाट पछाडि नहट्ने र डटेर अगाडि बढ्ने जानकारी उनले दिए । 

एमालेका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज लीला श्रेष्ठले अब पार्टी कामको मूल्याङ्कनको आधारमा अगाडि बढ्ने बताए । नातावाद र कृपावादबाट अब पार्टी नचल्ने बताउँदै उनले जनसङ्गठन पार्टीसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप