१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
![१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति](https://npcdn.ratopati.com/media/news/1_sqDvkn9toN.jpg)
आज २०८१ माघ २९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- अदूरदर्शी पोखराका जनप्रतिनिधि
६ महिनाको अस्थायी समाधान भन्दै बाच्छेबुडुवाबाट लामेआहाल सारिएको ल्याण्डफिल साइट साढे २ वर्षदेखि उतै छ । मेयर धनराज आचार्यले ‘टिकट काटेर हेर्न लायक गन्तव्य’ बनाउने भनेका फोहोर प्रशोधन केन्द्र अहिलेसम्म निर्माण भएको छैन ।
- अचाक्ली बढ्यो मूल्य
पछिल्लो समय बजारमा खाने तेलको मूल्य अचाक्ली बढेको छ । प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म बढेको पाइएको छ । यस्तै घिउको मूल्य पनि अत्यधिक बढेको पाइएको छ । दसैँ तिहारजस्ता ठुला चाडपर्वमा समेत मूल्य नबढेको तेल–घिउको मूल्य दुई महिनायता अत्यधिक बढेको उपभोक्ताको गुनासो छ । घिउको मूल्य अहिले २०० रुपैयाँले बढेको छ । अहिले घिउ प्रतिकिलो १४०० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ ।
- अकृषि उपज केन्द्र अलपत्र
पिलवस्तुको वाणगंगा नगरपालिका–११ हतौसामा कृषि उपज संकलन केन्द्र निर्माण प्रक्रियाले गति लिन नसक्दा किसान निराश भएका छन् । कपिलवस्तु र अर्घाखाँची जिल्लाका कृषिजन्य बस्तु बिक्री वितरण सहज बनाउन निर्माण गरिने भनिएको उक्त केन्द्र जग्गाको भोगाधिकारको विषयमा अड्किएको हो । प्रत्येक वर्ष यसमा बजेट विनियोजन भए पनि निर्माणको काम भने अघि बढ्न सकेको छैन ।
- गुटगत राजनीति
भर्खरै सकिएको नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनले माउ पार्टीमा तरंग ल्याइदियो । निर्वाचन विद्यार्थीको थियो, तर पार्टीको केन्द्रीय तहमा यसको प्रभाव देखियो ।
- बलात्कार आरोपीलाई उन्मुक्ति
ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले अवकाशको मुखमा बलात्कारजस्तो गम्भीर अपराधमा न्यायिक विचलनमा पर्दै फैसला सुनाएको पाइएको छ । न्यायाधीश आचार्यले प्रतिवादीलाई सफाइ दिन मुद्दामा अङ्ग नै नपुगी हतारमा फैसला गरेको भन्दै न्याय परिषदमा उजुरीसमेत परेको छ । उजुरी परेपछि परिषदले न्यायाधीश आचार्यको इजलासले गरेको फैसला र अन्य विवरणसमेत मगाएको छ ।
- माओवादीको प्राथमिकता
माओवादी घटकबिचको एकता तत्कालका लागि टरेको छ । पुस २३ मा सम्पन्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले विचार मिल्ने वामपन्थी दलहरूसँग एकता र ध्रुवीकरणका लागि उच्चस्तरीय वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो ।
- आमसञ्चार विधेयक बहस
सरकारले ल्याएको कोशी प्रदेश आमसञ्चार विधेयक संशोधन गर्नुपर्नेमा सत्तारुढ दल नेकपा एमाले र कांग्रेसकै सांसदले जोड दिएका छन् । विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिपक्षी सांसदहरूले संशोधनमा जोड दिइरहँदा सत्तापक्षका सांसद पनि संशोधन हुनुपर्नेमा सहमत देखिएका हुन् ।
- विद्या भण्डारीलाई बाटो खुला
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ औपचारिक रूपमा नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका छन् । उनी सक्रिय राजनीतिमा फर्किएसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि एमालेको राजनीतिमा फर्किन बाटो खुला भएको विश्लेषण हुन थालेको छ ।
- सहकारी ठगी प्रकरण
बागमती प्रदेश सरकारले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ८ सहकारीमाथि छानबिनको जिम्मा प्रहरीलाई सुम्पिएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम हिनामिना गरेका ती सहकारी सम्बन्धी फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको हो ।
- च्याम्पियन्स ट्रफी
च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट्स सदस्य राष्ट्रले नै आयोजना गर्ने अवसर पाएको थियो । प्रतियोगिता सन् २००० को अक्टोबर ३ देखि अक्टोबर १५ तारिखसम्म केन्यामा सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ