बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल

मङ्गलबार, २९ माघ २०८१, २० : ५७
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । मंगलबार साँझ  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारका कामकारबाही, अध्यादेश लगायतका विषयमा छलफल भएको बताइएको छ । 

कांग्रेस–एमाले गठबन्धनलाई संयन्त्रले सहजीकरण गर्दै आएको छ । पछिल्ला दिनमा सत्तारुढ दलभित्रै पनि सरकारका कामकारबाहीलाई लिएर आलोचना भइरहेको छ ।

स्रोतका अनुसार सरकारले ल्याएको अध्यादेशलाई कसरी पारित गर्ने भन्ने विषयमा मंगलबारको छलफल केन्द्रित भएको बुझिएको छ । सरकारले ल्याएका ६ वटा अध्यादेशमा राष्ट्रिय सभामा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालले साथ नदिएकाले संसदमा निर्णयार्थ पेस हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप