जनमुक्ति सेना नेपालका तत्कालीन कमान्डर थापाको निधन

काठमाडौँ । माओवादीको तत्कालीन जनमुक्ति सेना नेपालका कमान्डर रामबाबु थापा ‘सङ्ग्राम’को निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा निधन भएका छन् ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । जनयुद्धका उत्कर्षका वर्षहरूमा पूर्वी नेपालमा आफूले लामो समय उनीसँग सहकार्य गर्ने अवसर प्राप्त पाएको पनि शर्माको स्मरण छ।
‘उहाँ महान् जनयुद्धको एक अथक योद्धा हो । एक साहसी एवं दुर्लभ कमान्डर पनि हो’, शर्माले मङ्गलवार फेसबुकमार्फत भनेका छन्, ‘उहाँ फौजी, प्राविधिक, व्यवहारिक, राजनीतिक ज्ञान र अनुभवहरूले परिपक्व हुनु हुन्थ्यो । नेपालको परिवर्तनको आन्दोलनमा उहाँको अतुलनीय योगदान रहेको छ ।’
शर्माले थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनकी जीवन सङ्गिनी सुजाता लगायत सिङ्गो परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल भएको छैन : श्याम घिमिरे
-
लो स्कोरिङ खेलमा लुम्बिनीसामु टिकेन मधेस
-
मुलुकको समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा
-
च्यासलमा एमाले सचिवालय बैठक
-
अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट
-
ओली र देउवासँग प्रचण्डको प्रस्ताव– गणतन्त्र पक्षधर मिलौँ