भारतको जबलपुरमा मिनीबस दुर्घटना, कुम्भ मेलाबाट फर्किएका सात जनाको मृत्यु
मङ्गलबार, २९ माघ २०८१, २० : ४९

भारत । मध्यप्रदेशको जबलपुर जिल्लामा मंगलबार भएको सडक दुर्घटनामा महाकुम्भबाट फर्किएका आन्ध्र प्रदेशका सात श्रद्धालुको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मिनी बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । जिल्लाको सिहोरा थाना क्षेत्रको मोलाबर्गी गाउँ नजिक चार लेन राजमार्गमा उक्त दुर्घटना भएको हो ।
मिनी बसमा सवार सबै यात्रु आन्ध्र प्रदेशका बासिन्दा थिए र प्रयागराजमा भएको महाकुम्भमा सहभागी भएर घर फर्किरहेका थिए ।
जबलपुरबाट कटनीतर्फ जाँदै गरेको ट्रक चालकले नियन्त्रण गुमाएपछि गलत लेनमा पसेर मिनी बससँग ठोक्किएको हो ।
दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले क्रेनको सहायताले ट्रक हटाएर बसमा फसेका यात्रुलाई बाहिर निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाईकल र्याली
-
‘नरसिंहा अवतार’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो