मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
मङ्गलबार, २९ माघ २०८१, २० : १८
![मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)](https://npcdn.ratopati.com/media/news/balaram_X6QSzOZB8X.jpg)
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन् ।
केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले मंगलबार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।
मन्त्री अधिकारीले तेस्रो चरणमा अव बाँकी रहेका ९१ जना सदस्यहरू छिट्टै नियुक्त गर्ने जानकारी दिए । भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको भनाइ छ ।