बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह

मङ्गलबार, २९ माघ २०८१, २० : १३
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । मंगलबार ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रमुख साहले अदालतहरूभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरूले समयमै न्याय निरूपण गर्ने गरेको बताए । उनले काठमाडौँ महानगरको न्यायिक समितिबाट अदालतहरू समेत छिटो न्याय निरूपण गर्न प्रेरित हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हाम्रो देशमा न्याय पाउनुभन्दा पनि न्याय समयमै पाउन निकै गाह्रो छ । स्थानीय सरकार घर नजिकको सरकार भएको हुनाले छिटो न्याय पाइन्छ भनेर नेपाली जनताले हाम्रो समितिमा आइदिनुभयो । जसरी यहाँ न्याय निरूपण हुन्छ, जनताले न्याय पाउँछन् त्यसैगरी अदालतहरूबाट पनि न्याय पाइयोस् ।’

न्यायिक समिति संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिबाट अहिलेसम्ममा ८३ पटक सुनवाइ गरी न्याय निरूपण गरिएको जानकारी दिइन् । उनले कुल ६०८ वटा विवाद निरूपण हुँदा ३२६ वटा विवादमा निर्णय भएको र बाँकी १४१ विवाद मेलमिलापको माध्यमबाट समाधान भएको उल्लेख गरिन् । उनले १३२ निर्णय उपर पुनरावेदन परेकोमा १५ वटा विवाद पुनरावेदन तहबाट टुङ्गिँदा १३ वटा न्यायिक समितिको निर्णय पुनरावेदन तहबाट सदर भएको बताइन् । महानगरपालिकाले अहिलेसम्म ५२ हजार ७४० जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरेको समेत उनले बताइन् । चालु आर्थिक वर्षको यस अवधिमा मात्र ६ हजार ८४७ जनाले सेवा प्राप्त गर्नुभएको उनले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप