बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल

मङ्गलबार, २९ माघ २०८१, २० : ०२
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । वरिष्ठ कलाकार वसुन्धरा भुसालले फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित हुनुपरेको बताएकी छिन् । मंगलबार काठमाडौँमा आयोजित ‘फिल्ममा महिला’ विषय एक कार्यक्रम बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरूलाई समस्या रहेको धारणा राखेकी हुन् ।

‘हिरोको तुलनामा हिरोइनहरूलाई त्यति पैसा छैन । महिलाहरूलाई वास्तवमा गाह्रो छ’, उनले भनिन्, ‘हलिउड, बलिउडमा नि त्यस्तै छ । महिला र पुरुषमा भिन्नता देखाउनुहुन्न । धेरै फिल्महरू पुरुष फिल्म बन्छन् तर त्यसो हुनुहुन्न । पुरुषहरूलाई जन्माउने हामी नारी हौ नि । नारीहरूले संवेदनात्मक रूपमा पुरुषको भन्दा बढी दर्शक आकर्षण गर्छन् । सामाजिक फिल्म बढी चलेका छन् ।’ 

युवा वर्ग र महिलाहरू फिल्म क्षेत्रमा आउन आग्रह गरेकी  उनले महिलाहरू हरेक क्षेत्रमा आउनुपर्ने भन्दै विशेषगरी फिल्मको प्राविधिक क्षेत्रमा महिला क्यामेरा, सम्पादक कम भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप