मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

पूर्वी कंगोमा सशस्त्र समूहको हमलामा ५५ नागरिकको मृत्यु

मङ्गलबार, २९ माघ २०८१, १९ : ५०
मङ्गलबार, २९ माघ २०८१

किन्ससा । कंगोको उत्तरपूर्वी क्षेत्रमा सशस्त्र समूहको आक्रमणमा ५५ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा अधिकतर विस्थापित मानिसहरूलाई लक्षित गरिएको थियो । कंगोमा दशकौँदेखि द्वन्द्व चलिरहेको छ । 

पूर्वी भागमा हिंसा बढेको छ । यस क्षेत्रमा १२० भन्दा बढी सशस्त्र समूहहरू द्वन्द्वमा संलग्न छन्, जसमध्ये धेरैजसो बहुमूल्य खनिजका लागि र भूमिका लागि लडिरहेका छन् । केहीले आफ्नो समुदायलाई जोगाउन खोजिरहेका छन् । 

सशस्त्र समूह कोडेकोका लडाकुहरूले सोमबार राति इटुरी प्रान्तको जैबा गाउँमा आक्रमण गरेका थिए । यहाँ विस्थापित मानिसहरू बस्दै आएका  थिए । आक्रमणमा ५५ जना सर्वसाधारण मारिएका शिविरकी नेता एन्टोइनेट एनजालेले एसोसिएटेड प्रेसलाई बताइन् । आगलागीबाट धेरै घरहरू नष्ट भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । शवहरूको खोजी जारी छ । 

अफ्रिकी आतंकवाद अनुसन्धान केन्द्रका अनुसार २०२२ सम्म समूहको आक्रमणमा लगभग १ हजार ८०० जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । केही आक्रमण युद्ध अपराध र मानवताविरुद्ध हुन सक्ने संयुक्त राष्ट्र संघले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप