एलन मस्कले एक्समा नाम फेरेर ‘ह्यारी बोल्ज’ राखे
मङ्गलबार, २९ माघ २०८१, १९ : ४६

क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले माइक्रो ब्लगिङ वेबसाइट एक्समा आफ्नो खाताको नाम फेरेर ह्यारी बोल्ज राखेका छन् ।
सन् २०२३ को अप्रिलमा पनि उनले केही समय ह्यान्डलमा यही नाम राखेका थिए । मस्कको नेृत्वको लगानीकर्ताको समूहले च्याटजीपीटी निर्माता ओपनएआई किन्न लागेको हल्ला चलिरहेको समयमा यसरी नाम परिवर्तन गरिएको हो ।
५३ वर्षका मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा सरकारी दक्षता विभाग प्रमुख पनि हुन् । उनले धमाधम संघीय निकायमा व्यापक खर्च कटौती गरिरहेका छन् ।
को हुन् ह्यारी बोल्ज ?
ह्यारी बोल्ज जर्मन कलाकार हुन् । मस्कले यस पटक नाम फेरेर किन ह्यारी बोल्ज राखे भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । २०२३ मा भने उनले ट्विटमा यसो गर्नुको कारण खुलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म