पेरिसमा मोदीले भने- एआईले रोजगारी गुम्ने डर छ, तर प्रविधिले काम खोस्दैन

पेरिस । फ्रान्स भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पेरिसमा ग्लोबल एआई एक्सन शिखर सम्मेलनमा एआईका कारण रोजगारी गुम्ने डरबारे बोलेका छन् ।
सम्मेलनको को सहअध्यक्षता गरेका उनले यो शिखर सम्मेलनमा भने, 'इतिहासले देखाएको छ कि प्रविधिले काम काम खोस्दैन।' प्रधानमन्त्री मोदीले समयसँगै रोजगारीको प्रकृति परिवर्तन हुने र नयाँ प्रकारका रोजगारी सिर्जना हुने बताए ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कृत्रिम बुद्धिमत्ताले मानिसलाई प्रतिस्थापन गर्न सक्ने भन्दै मोदीको भाषणकाे तारिफ गरे । उनले भने, 'म प्रधानमन्त्री मोदीले भनेको कुराको प्रशंसा गर्छु। मलाई विश्वास छ, एआईले मानिसहरूलाई सुविधा प्रदान गर्नेछ र तिनीहरूलाई अझ उत्पादक बनाउनेछ। तर यसले मानिसकाे ठाउँ लिन सक्दैन । '
एआई उद्योगका धेरै नेताहरूले कर्मचारीको ठाउँ एआईले लिने डरको कुरा गरे पनि उनीहरू वास्तवमा चुकेका उनको भनाइ थियो ।
एआई एक्सन समिटलाई सम्बोधन गर्दै मोदीले एआई सीपमा लगानी गर्न आवश्यक रहेको सुझाव दिए पनि दिए। मोदीले एआईको उच्च तीव्रताको जाँच गरिनुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा वैदेशिक व्यापार स्थिती : ५७.२ प्रतिशतले निर्यातमा वृद्धि हुँदा पनि देशको व्यापार घाटा करिब १० खर्ब
-
आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
-
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो