जम्मुमा आईईडी विष्फोट, दुई भारतीय सैनिकको मृत्यु
![जम्मुमा आईईडी विष्फोट, दुई भारतीय सैनिकको मृत्यु](https://npcdn.ratopati.com/media/news/jamu_8S8LWNTJTs.jpg)
भारत । जम्मू जिल्लाको अखनूर सेक्टरको एलओसी (लाइन अफ कन्ट्रोल) नजिकै लालोली क्षेत्रमा आईईडी (इम्प्रुभ एक्सप्लोसिभ डिभाइस) विस्फोट हुँदा दुई भारतीय सैनिकको मृत्यु भएको छ।
घाइते अर्का सैनिकको अवस्था सामान्य रहेको बताइएको छ । मंगलबार दिउँसो भारतीय समयअनुसार ३ः५० बजे भट्टल क्षेत्रमा सेनाको गस्तीमा रहेका बेला बम विष्फोट भएको हो ।
सेनाका प्रवक्ताले दैनिक भास्करसँग भने, 'सैनिकहरू गस्ती गरिरहेका बेला विस्फोट भएको हो । क्षेत्रलाई घेरा हालेर खोजी अभियान सुरु गरिएको छ ।'
दुर्घटनामा मृत्यु भएका सैनिकको नाम क्याप्टेन केएस बक्षी र मुकेश रहेको सेनाकाे स्रोतले जनाएको छ । यद्यपि यो पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख छ ।
यसअघि जनवरी १४ मा जम्मू कश्मीरको राजौरीमा एलओसी नजिकै बारुदी सुरुङ विष्फोटमा गोर्खा राइफल्सका ६ जना सैनिक घाइते भएका थिए ।
विष्फोट भवानी सेक्टरको माकरी क्षेत्रमा भएको थियो ।