एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ : प्रधानमन्त्री ओली
मङ्गलबार, २९ माघ २०८१, १८ : ३५
![एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ : प्रधानमन्त्री ओली](https://rpcdn.ratopati.com/media/albums/HPV_vaccin_7tt1xEKSJh.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशव्यापी एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको बताएका छन् । माघ २२ गतेदेखि सुरु भएको देशव्यापी एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको उनले बताएका हुन् ।
हालसम्म १० लाखभन्दा बढी किशोरीले यो खोप लिइसकेका छन् । अभियान फागुन ६ गतेसम्म जारी रहने छ । प्रधानमन्त्री ओली खोप लगाउन यस अभियानमा संलग्न भएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद समेत दिएका छन् ।