मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

उठ्न थाल्यो हेटौंडाको फोहोर

मङ्गलबार, २९ माघ २०८१, १८ : १५
मङ्गलबार, २९ माघ २०८१

मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासको अन्तरिम आदेशसँगै रोकिएको हेटौंडा उपमहानगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन पुनः सुचारु भएको छ । अदालतले उक्त मुद्दाको रिट खारेज हुने आदेश गरेसँगै हेटौंडा बजार क्षेत्रको फोहोर उठ्न थालेको हो ।

हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन उच्च अदालत पाटन हेटौंडा इजलासले मंगलबार रिट खारेज गर्ने निर्णय गरेको हो ।  

गत मंगलबार योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले अन्तरिम आदेश जारी गर्दै डम्पिङ साइटमा फोहोर नफाल्न आदेश गरेको थियो । उच्च अदालतको अन्तरिम आदेशपछि हेटौंडा उपमहानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै फोहोर संकलनको कार्य स्थगित गरिएको  थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप