मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

विपद्जन्य घटनाको जोखिम बढिरहेको छ : मन्त्री लामिछाने

मङ्गलबार, २९ माघ २०८१, १८ : ०९
मङ्गलबार, २९ माघ २०८१

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेशमा जलवायु परिवर्तनका कारण विपद्जन्य घटनाको जोखिम बढिरहेको बताएका छन् । जलवायु परिवर्तनका कारण बाढी, पहिरो, डुबान, चट्याङ, खडेरी, आगलागी लगायतका मौसमजन्य घटनाहरूको असर बढ्दै गएको उनले बताए ।

हेटौंडामा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले विपद्का कारण मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि संघीय सरकारसँगको समन्वयमा स्थानीय तहहरूको क्षमता वृद्धि मार्फत वैज्ञानिक तथ्यमा आधारित रहेर निर्णय लिने पद्धति विकासमा जोड दिनुपर्ने बताए । सोही लयमा प्रदेश सरकारले निरन्तर क्रियाशीलता देखाएको उनले दाबी गरे ।

‘प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै आएको छ । नीति निर्माण, पूर्वतयारी, प्रविधि उपयोग र स्थानीय तहहरूसँगको समन्वय र सहकार्यलाई अझ सघन बनाउने काम भएको छ,’ उनले भने ।

सरकारका निकायको क्षमता अभिवृद्धिसँगै विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरी प्रदेशवासीको सुरक्षामा प्रदेश सरकार संवेदनशील रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप