मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहीको प्रश्न : बर्दी लगाएका प्रहरीलाई जाँड खाएर कुट्न छुट दिएको हो ?

मङ्गलबार, २९ माघ २०८१, १७ : ३०
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जाँड खाएर बर्दी लगाएका प्रहरी कुट्नेलाई कारबाही गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले प्रहरी कुट्नेलाई कारबाही गर्न माग गरेका हुन् । 

‘आज यो देशमा ७९ हजार ५०१ जना नेपाल प्रहरी छन् । आज ती प्रहरीको शिर निहुराउने काम यो सरकारले गरेको छ’, उनले भने, ‘प्रहरीको बर्दी लगाएका मानिसहरूलाई जाँड खाएर बाटोबाटोमा कुट्न ओली सरकारले छुट दिएको हो ? यदि हो भने तपाईँहरू एउटा संविधान बनाउनुस् । यस्तो गर्न पाइन्छ भनेर ।’

उनले विधिको शासन यही हो भन्दै एमालेकी लुम्बिनी प्रदेश सांसदले घरेलु कामदारमाथि गरेको ज्याजतिमा सत्ताको निगाहामा उन्मुक्ति दिएको बताए । उनले राज्यको ज्याजति बढेको भन्दै बरु केपी शर्मा ओली सरकारका कार्यकर्तालाई बलात्कार, लुट र छुट पाइन्छ भनेर कानुन बनाउन सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप