एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि बालेनले भने– सरी नानु !
मङ्गलबार, २९ माघ २०८१, १७ : २८

काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पीडितसँग माफी मागेका छन् ।
नाबालिकालाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेकी शर्मालाई कानुनी कारबाही हुनुपर्ने बालेनले माग गर्दै आएका छन् ।
तर, सरकारी वकिल कार्यालयले यो विषमा मुद्दा नै नचलाउने निर्णय गरेपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग माफी माग्दै नआत्तिन र समय आउने बताएका हुन् ।
‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ’, बालेनले फेसबुकमा भनेका छन्, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फिर्ता ल्याइएको २१ मूर्ति सङ्ग्रहालयलाई हस्तान्तरण
-
हार्दिक पाण्ड्यालाई किन १२ लाख रुपैयाँ जरिवाना गरियो ?
-
गाजामा इजरायली हमला, बालबालिकासहित ८ जनाको मृत्यु
-
त्रिविका उपकुलपतिको राजीनामाबारे शिक्षामन्त्री अनविज्ञ
-
मिलन नेवारले ल्याइन् नयाँ गीत ‘तिमी टाढा छौ’
-
राष्ट्रियसभा बैठक साढे ३ बजेलाई सर्यो