अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय
मङ्गलबार, २९ माघ २०८१, १७ : १०
![अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय](https://npcdn.ratopati.com/media/news/ghanashyam-upadhyaya_m1nOUxjfrp.jpg)
काठमाडौँ । नवनियुक्त अर्थसचिव घनश्याम उपाध्यायले राजस्व वृद्धि, पुँजीगत खर्च वृद्धि र अनावश्यक खर्च कटौतीमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार अर्थ सचिवको कार्यभार सम्हाल्दै उपाध्यायले उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका हुन् ।
आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ र उपाध्यायलाई स्वागत गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा. घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल