नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो
![नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो](https://npcdn.ratopati.com/media/news/audan_1zInwuM8Mn.jpg)
काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान) को सातौँ राष्ट्रिय महाधिवेशन आउँदो जेठ १६ र १७ गते काठमाडौँमा हुने भएको छ ।
अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा छैटौँ राष्ट्रिय महाधिवेशनपछिको बाइसौँ सचिवालयको पूर्ण बैठकले मिति तय गरेको हो ।
बैठकमा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक श्री मोहनराज रेग्मी, पदाधिकारी एवं सचिवालय सदस्यको उपस्थिति रहेको थियो ।
बैठकमा महासचिव प्रेमबहादुर श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्री बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरी सुझावसहित पारित गरेको जनाएको छ।
साथै सातौँ जिल्ला तथा प्रदेश अधिवेशनको मिति तोकिएको छ । चैत्र १० भित्र जिल्ला र वैशाख १० भित्र प्रदेश अधिवेशन गर्न सम्पूर्ण जिल्ला तथा प्रदेश कार्य समितिलाई समयसीमा दिइएको छ ।
जेठ १६ र १७ गते हुने भनिएको महाधिवेशनका लागि चैत १५ गते काठमाडौँमा केन्द्रीय कार्य समितिको बैठक पनि आह्वान गरिएको छ । अधिवेशनको तयारीमा जुट्न अडानका सबै केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई भनिएको छ ।