इजरायल र हमासबिचको युद्ध विराम सम्झौताबारे ट्रम्पले दिए यस्तो चेतावनी

वासिङ्टन डिसी । हमासले बन्धक बनाइएका सबै नागरिकलाई रिहा नगरे इजरायलसँगको युद्ध विराम सम्झौता रद्द गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । आफूले एक वा दुई जनालाई मात्र होइन, सबै बन्धकहरूलाई रिहा गर्न चाहेको पनि उनले बताए । इजरायलले युद्ध विराम सम्झौता उल्लङ्घन गरिरहेकोले बन्धकहरूको रिहाइमा अवरोध गरिरहेको हमासले सोमबार बताएको छ ।
‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले देख्यो कि शत्रुले बारम्बार युद्ध विराम सम्झौताको उल्लङ्घन गरिरहेको छ र सम्झौताका सर्तहरू पालना गरेको छैन,’ हमासले आफ्नो विज्ञप्तिमा भनेको थियो ।
हमासको यस विज्ञप्तिको प्रतिउत्तरमा इजरायलले पनि बन्दीहरूलाई रिहा नगर्नु सम्झौताको उल्लङ्घन भएको बताएको थियो । हमास र इजरायलबिचको युद्ध विराम सम्झौता जनवरी १९ मा लागू भएको थियो ।
हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । यसको बदलामा, इजरायलले ५६६ कैदीहरूलाई रिहा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय