मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षामा उत्तीर्ण भइन् कविता

मङ्गलबार, २९ माघ २०८१, १५ : ४१
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो संघकी कोषाध्यक्ष कविता श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री बनेकी छन् । उनले अन्तर्राष्ट्रिय रेफ्रीका लागि लिइएको परीक्षा उत्तीर्ण गरेकी हुन् ।

अन्तर्राष्ट्रिय रेफ्रीका लागि उनले भारतको पुणेमा परीक्षा दिएकी थिइन् । त्यसको नतिजा सोमबार आएको र आफू परीक्षामा उत्तीर्ण भएको जानकारी उनले दिइन् । 

अन्तर्राष्ट्रिय रेफ्रीका लागि लिखित परीक्षा, फिजिकल टेष्ट र ह्यान्ड सिग्नल टेष्टको परीक्षा दिनुपर्ने उनले बताइन् । अब उनलाई दक्षिण कोरियास्थित विश्व तेक्वान्दो महासंघ (डब्लूटीएफ)को मुख्यालयले अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स उपलब्ध गराउने छ । 

कविता २०७१ साल फागुन २७ गतेदेखि राष्ट्रिय रेफ्रीको भूमिकामा सक्रिय थिइन् । ‘करिब १० वर्षको मेहनतपछि अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गर्दा निकै खुसी लागेको छ । यो उपलब्धिका लागि मलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप