डल्लुबाट सुन चोरेको आरोपमा ३ जना पक्राउ
मङ्गलबार, २९ माघ २०८१, १५ : २२

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित डल्लुबाट सुन चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वसन्तपुर घर भएका ४१ वर्षीय नरेन्द्र देउला, काभ्रे घर भएका ३८ वर्षीय कोमल बहादुर कार्की र भारतीय नागरिक ५८ वर्षीय जागिर मालिक छन् ।
माघ २६ मा आरोपीहरूले दोलखाका फस्कु घर भएर डल्लुमा ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने सुनिता ठकुरीको डेराबाट सुन चोरेका हुन् । माघ २८ मा पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
आरोपीमध्येका नरेन्द्र देउला अन्य अपराधमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । उनीहरुले चोरेको गहना प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’