"/>
मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

नयाँ नेतृत्व छनोटका लागि नयाँ शक्तिमा मतदान हुँदै, को–को छन् प्रतिस्पर्धामा ?

मङ्गलबार, २९ माघ २०८१, १५ : १९
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नयाँ नेतृत्वको लागि मंगलबार दिउँसो साढे तीन बजेदेखि मतदान हुने भएको छ । 

आइतबारदेखि प्रज्ञा भवन कमलादीमा जारी बन्द सत्रबाट संयोजक डा. बाबुराम भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन गरेको थियो । त्यससँगै मंगलबार बिहानदेखि उम्मेदवारहरूको मनोनयन दर्ता, दाबी विरोध, उम्मदेवारी फिर्ता प्रक्रिया पूरा गरी निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । 

अबकेही बेरमा मतदान प्रक्रिया सुरु हुने केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए । यसअघि उपाध्यक्षमा दुर्गा सोब र मानुषी यमि भट्टराई लगायत १८ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य पदका लागि बाँकी पदमा मतदानबाट टुंग्याउन लागिएको पोखरेलले बताए । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईं प्रतिस्पर्धामा छन् । 

को–को छन् चुनावी प्रतिस्पर्धामा ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप