नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य माओवादी केन्द्रमा प्रवेश
मङ्गलबार, २९ माघ २०८१, १५ : १९

सुर्खेत । बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति)को केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भिमबहादुर मल्ल ‘सुवास’ माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मल्ललाई पार्टीको कर्णाली प्रदेश समितिको सातौँ बैठकमा सहभागी हुन सुर्खेत आएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाई पार्टीमा स्वागत गरेका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युनिस्ट विचार छाडेको साथै उनले भन्ने गरेको नयाँ विकल्पको दिसाहीन राजनीतिको औचित्य समेत समाप्त भएकाले आफूले सो पार्टी परित्याग गरेको बताए ।
देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएकाले आफू पुरानै घर फर्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने उनले प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेताहरूको इच्छाशक्ति अभावका कारण मेडिकल कलेज सञ्चालन हुन सकेन’
-
यहीँ पढ्न पाउँछु कि भन्दाभन्दै अन्तै पढेर डाक्टर भइसकेँ तर अस्पतालको प्रगति भएन
-
मुन्धुम संरक्षणको आवश्यकता
-
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
-
चैतेधान रोप्दै किसान
-
नेपालको भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता