सांसद भोटेले मागे संसद् बैठकमै ‘गुहार’ !
मङ्गलबार, २९ माघ २०८१, १५ : ०७
![सांसद भोटेले मागे संसद् बैठकमै ‘गुहार’ !](https://npcdn.ratopati.com/media/news/chhiring-damdul-lama_DVIRYuj4gR.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले संसदमै गुहार मागेका छन् ।
मंगलबारको शून्य समयमा भोटेले आफ्नो भनाइ नै ‘गुहार, गुहार, गुहार’ भनेर सुरुवात गरेका हुन् ।
‘कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ । कहिले सार्वभौम संसद्को अधिकार लुटेको छ’, उनले गुहार माग्नुको कारण खुलाए ।
‘कहिले १८ घण्टे लोडसेडिङ मुक्त गर्ने कुलमान घिसिङको अधिकार खोस्न न्वारनदेखिको बल लगाएको छ । कहिले आदिवासी जनजातिले मान्दै आएको मुकुमलुङमा पाथीभरा संरक्षक आम नागरिकको मर्म लुटिएको छ’, सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै उनले भने,‘गुहार सरकार, जताततै गाउँ बस्ती जलिरहेछ । वन जंगल जलिरहेको छ । सिंहदरबार जलिरहेको छ ।’
रोम जलिरहेका बेला त्यहाँका शासक नुरोले बाँसुरी बजाइरहेको जस्तो भएको भन्दै सरकारले सर्वसत्तावाद लादिरहेकोमा भोटेले आक्रोश पोखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह
-
फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल
-
‘मलाई प्रेम प्रस्ताव राख्न आँट गर्दैनन्’
-
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
-
पूर्वी कंगोमा सशस्त्र समूहको हमलामा ५५ नागरिकको मृत्यु