प्रतिनिधि सभामा रामहरि खतिवडाले नियमापत्ति हुने के भनेका थिए ?
काठमाडौँ । मंगलबारको प्रतिनिधि सभा बैठक सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको सवाल जवाफपछि सहज ढंगले चल्न सकेन । शून्य समय, आकस्मिक समय र विशेष समयबारे सांसदहरूको विवादका कारण बैठक अवरुद्ध बनेको हो ।
विशेष समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।
आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो ? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाएका थिए । उनले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने अडान राखे ।
उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिएपनि माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहे । केहीबेरमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभा नियमावली अनुसार नचलिरहेको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
के भनेका थिए खतिवडाले ?
संसद् सुरु हुँदै गर्दा धेरै कुरा सुन्नमा आयो । नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आयो । तर हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ । एक नम्बरकोलाई नबनाएर १५ नम्बरको प्रमोसन गरेको देख्यौँ । आइजीपीलाई समितिमा बोलाएर निर्दोष छ भनिदे न भनेर कानेखुसी गरेको पनि देख्यौँ । कसले सदुपयोग र कसले दुरुपयोग गर्यो त्यहाँ हेर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प लमजम्प गरियो । दुई व्याज पछाडिकोलाई प्रमोसन गरियो । त्यतिमात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा स्थगन गरियो त्यो कसको पालामा हो जवाफ चाहियो । बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हानेर सडकमा ल्याउने काम गरियो । अदालतमा मुद्दा चलिरहँदा बाहिर जुलुस निकालेर जिन्दाबाद मुर्दावाद प्रचलन सुरु भयो । यो कसले गरेको थियो ? सदनमा सत्तामा हुँदा एउटा कुरा गर्ने प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने पद्धतिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । हामीले यो र त्यो भनेका छैनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह
-
फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल
-
‘मलाई प्रेम प्रस्ताव राख्न आँट गर्दैनन्’
-
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह