सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा नै रुस–युक्रेन युद्ध अन्त्य गर्ने कुरा गरेका थिए । ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै यो गर्ने प्रयास गर्न थालेका छन् ।
यी प्रयासहरूको एक भागको रूपमा, डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार तथा उपराष्ट्रपति जेडी भान्सले यस हप्ता म्युनिखमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्न सक्नेछन् । म्युनिख सुरक्षा सम्मेलनमा रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल हुन सक्ने भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । सम्मेलनका क्रममा अमेरिकी प्रतिनिधिमण्डलले युक्रेनी राष्ट्रपतिलाई पनि भेट्नेछ ।
धेरै महत्त्वपूर्ण हुनेछ म्युनिख बैठक
अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्काे रुबियो र डोनल्ड ट्रम्पका विशेष प्रतिनिधि, अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल किथ केलॉग रहेका छन् । युक्रेनका राष्ट्रपतिले ती तीन जनालाई भेटे राम्रो हुने किथ केलॉगले भनेका छन् । यसपछि राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँग पनि कुरा गर्न सक्ने बताइएको छ । बैठकमा अमेरिकी प्रतिनिधिमण्डलले जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने विकल्पहरूबारे छलफल गर्न सक्ने भनिएको छ । बैठक अघि अमेरिकाले युरोपेली देशहरूसँग पनि कुरा गरिरहेको छ । रुस–युक्रेन युद्ध रोक्ने छलफल गर्न वाशिंगटनमा युरोपेली राजदूतहरूसँग भेटिरहेको किथ केलॉगले बताए ।
ट्रम्पले युक्रेनलाई दिए यो प्रस्ताव
अमेरिकी करदाताहरूको अर्बाैं डलर युक्रेनलाई आर्थिक सहायता दिनमा खर्च भइरहेको तर युरोपले यसका लागि कुनै विशेष प्रयास गरिनरहेको ट्रम्प भन्छन् । युरोपेली देशहरूले युक्रेनलाई दिएको आर्थिक सहयोगको बदलामा अमेरिकालाई तिर्नुपर्ने पनि ट्रम्पले बताए । आफ्नो प्रशासन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्कमा रहेको पनि उनले बताएका छन् । तर, यसबारे थप जानकारी दिन उनले अस्वीकार गरेका छन् । युक्रेनसँग एउटा सम्झौता गर्न चाहेको ट्रम्पले हालै भनेका थिए । युक्रेनले अमेरिकाबाट आर्थिक सहयोग चाहन्छ भने उसले आफ्नो दुर्लभ खनिज भण्डार, तेल र अन्य चीजहरूको नियन्त्रण अमेरिकालाई दिनुपर्ने ट्रम्पको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले किन भने- ‘म पुटिनसँग धेरै रिसाएको छु’?
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
-
निरन्तर बढ्दै शंकास्पद कारोबार, कुन अपराधमा कस्तो अवस्था ?
-
उपकुलपति बरालको राजीनामाबारे सुमना : सक्षम व्यक्तिहरू आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बस्दैनन्
-
आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
-
राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत