सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
![सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?](https://npcdn.ratopati.com/media/news/sadan_uJeeX2Q3Xu.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू आफैँ झन् किन निरङ्कुश बन्दैछन् भन्दै प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले विदेशी भूमिमा पौरख गरिरहेका नेपालीहरूसँग यो सरकार किन डराउँदै छ भन्ने प्रश्न गरेका हुन् ।
गैरआवासीय नेपालीका लागि नागरिकताको विषयमा बोलेका उनले भने‚ ‘नेपाली नागरिकता ऐन २०६३ को पहिलो संशोधन दफा ७ ‘क’ले विदेशी मुलुकको नागरिकता प्राप्त गरेका एनआरएनले राजनीतिक बाहेक सबै अधिकार उपभोगको सुनिश्चितसहितको नागरिकता पाउने कानुन यही सम्मानित सदनबाट हामीले पास गरिसकेका हैनौँ र ?’
साथै उनले बैठकमा तत्काल एनआरएन नागरिकता उपयोगको सुनिश्चित गर्नुको सट्टा सरकार अध्यादेश मार्फत १० वर्षे भिसाको कुरा गरेर संविधानले दिएको अधिकारबाट वञ्चित गर्ने कोसिसमा लागेको बताए ।
‘खबरदार सरकार १ तिम्रो दयाको फ्री भिसा होइन संविधानले दिएको अधिकार उपयोग गर्न पाउनु गैरआवासी नेपालीहरूको हक हो‚’ उनले भने ।
साथै उनले सर्वोच्च अदालतले २०७४ सालमा नै बिदेसिएका नेपालीहरूको मतदानको अधिकार सुनिश्चितता गर भनेर आदेश जारी गरेको थियो तर २०८१ सालमा पनि त्यसको तयारीमा सिन्को भाँच्न नसकेको बताए ।
‘एकातिर विदेशी भूमिमा श्रम बेच्न बाध्य बनाइरहने र उनीहरूले नै पठाएको रेमिटान्सबाट सञ्चालित ढुकुटीलाई भ्रष्टाचार मार्फत कहिलेसम्म दोहन गरिराख्ने सरकार ?‚’ उनले भने‚ ‘आगामी निर्वाचनमा नै उनीहरूको मतदानको सुनिश्चितसहित नागरिकताको हकको लागि राष्ट्रिय स्वतन्त्र पार्टी यस सम्मानित सदन मार्फत सरकारलाई चेतावनीसहितको खबरदारी गर्दैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटीहोम विवादमा महानगरलाई ट्रष्टको जवाफ : जग्गा भाडामा दिन महानगरलाई सोध्नुपर्दैन
-
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
-
यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर
-
एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ : प्रधानमन्त्री ओली