१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा
![१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा](https://npcdn.ratopati.com/media/news/bank-profit_epipkmksns_qXTN1BGrJt.jpg)
काठमाडौँ । १९ वटा बैंकले यो वर्षको साधारणसभा बोलाएका छन् । सञ्चालनमा रहेको बीस वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक सबै बैंकले साधारणसभा आह्वान गरेका हुन् । यसमध्ये १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने दुई बैंक साधारणसभा हुन बाँकी छ ।
यसरी साधारणसभा हुन बाँकी बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । एनआईएमबीको फागुन १५ गते र एनआईशी एशियाको फागुन २२ गते साधारणसभा हुनेछ । एनआईशी एशियाले मंगलबारमात्रै साधारणसभा घोषणा गरेपछि यो संख्या १९ पुगेको हो । नेपाल बैंकले भने साधारणसभा बोलाएको छैन, बैंकले यो वर्ष लाभांश भने नदिने उल्लेख गरेको छ ।
- ११ बैंकको लाभांश घोषणा
यो वर्ष सबै वाणिज्य बैंकले लाभांशसम्बन्धी निर्णय गर्दा ११ बैंकले लाभांश घोषणा गरेका छन् । नौ वाणिज्य बैंकले लाभांश दिन सकेनन् । यसरी लाभांश दिन नसक्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।
गत वर्ष आठ बैंकले लाभांश दिएका थिएनन् । त्यसरी लाभांश नदिने बैंकहरुमा नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र सिटिजन्स बैंक रहेका थिए ।
पोहोर लाभांश दिन नसकेका कृषि विकास, प्राइम र सिटिजन्स बैंकले लाभांश दिएका छन् । पोहोर लाभांश दिएर यो वर्ष दिन नसक्नेमा राष्ट्रिय वाणिज्य, सिटिजन्स, एनआईशी एशिया, र माछापुच्छ्रे बैंक रहेका छन् । दुवै वर्ष लाभांश दिननसक्ने बैंकहरुमा सिद्धार्थ, नेपाल एसबीआई, लक्षी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सानिमा, ग्लोबल आईएमई र एभरेष्ट बैंक रहेका छन् ।
- कुन बैंकले कति दिए लाभांश ?
लाभांश घोषणा गरेका ११ बैंकमध्ये यो वर्ष ५ बैंकले दोहोरो अंकमा लाभांश दिन सफल भएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सर्वाधिक २५.५० प्रतिशत, एभरेष्ट बैंकले १५.५३ प्रतिशत, नेपाल एसबीआई बैंकले १०.६५ प्रतिशत, कृषि विकास बैंक १०.५३ प्रतिशत र नबिल बैंक १० प्रतिशतसहित दोहोरो लाभांश दिने बैंकको सूचीमा रहेका छन् ।
यसबाहेक ग्लोबल आईएमईले ५.५० प्रतिशत, सानिमा र लक्षी सनराइज बैंकले समान ५.२६ प्रतिशत, प्राइम कमर्शियल बैंकले ५ प्रतिशत, सिटिजन्स बैंकले ४.२१ प्रतिशत र सिद्धार्थ बैंकले ४ प्रतिशत लाभांश वितरण गरेका हुन् ।
गत वर्ष एनआईशी एशिया बैंकले सर्वाधिक ३०.५२ प्रतिशत लाभांश दिएको थियो । त्यस्तै, एभरेष्टले २०.५३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले २९ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, नबिल बैंकले ११ प्रतिशत र नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश दिएका थिए ।
त्यस्तै, ग्लोबल आईएमई बैंकले ९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत, सिटिजन्स बैंक ५.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५.५० प्रतिशत र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत बराबरको लाभांश घोषणा गरेका थिए ।
प्रस्तुत विवरण अनुसार १० बैंकको लाभांश घटेको छ, पाँचवटा बैंकको बढेको छ भने बाँकी पाँच बैंकको लाभांश शुन्यमा स्थिर रहेको देखिएको छ ।
- नगदमा केन्द्रित हुँदै बैंकको लाभांश
विगत दुई वर्षमा दुवैपटक लाभांश दिएका बैंकको लाभांशको प्रकृति यसपटक परिवर्तन भएको छ । गत वर्ष कुल बोनस सेयरबापत ४८.०१ प्रतिशत बोनस सेयर दिँदा यो वर्ष यो ३७.२६ प्रतिशतमा घटेको छ । खासगरी पाहोर आकर्षक बोनस सेयर घोषणा गरेका एनआईशी एशिया बैंक र माछापुच्छ्रे बैंकले यसपटक लाभांश नदिँदा यो फरक देखिएको हो ।
यो वर्ष बोनस सेयर भन्दा नगद लाभांशलाई बैंकहरुले बढी केन्द्रित गरेको देखिन्छ । लाभांश वितरण गर्ने निर्णय गरेका बैंकमध्ये ६ वटाले बोनस सेयर र १० वटा बैंकले नगद लाभांश दिँदा यो वर्ष ७ वटा बैंकले बोनस सेयर दिँदा १२ वटाले नगद लाभांश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
-
यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर
-
एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ : प्रधानमन्त्री ओली
-
मल वितरण प्रणाली निर्देशिका संशोधन कार्य अन्तिम चरणमा
-
फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक