मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

सनम तेरी कसम–२ बनाउने तयारी

मङ्गलबार, २९ माघ २०८१, १४ : ०४
मङ्गलबार, २९ माघ २०८१

नयाँ दिल्ली । भारतमा यतिबेला हलमा हर्षवर्धन राणे र मावरा होकेनको ‘सनम तेरी कसम’को पुनः प्रदर्शन भइरहेको छ । दोहोर्‍याएर फिल्म हलमा ल्याउँदै यसले राम्रो कमाइ गरिरहेको छ । 

दर्शकहरू फिल्मको सिक्वेल कुरिरहेका छन् । मेकरहरूले फिल्मको दोस्रो हिस्साको निकै पहिला घोषणा गरेका थिए । तर अब भने मेकरहरूले यसको रिलिज डेट अपडेट गरेका छन् । 

हालै एक अन्तरवार्तामा, फिल्मका निर्देशकहरूले फिल्मको दोस्रो भाग लगभग तयार भएको खुलासा गरेका छन् । फिल्म अर्को वर्ष भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुन सक्ने बताइएको छ । 

इन्डिया फोरमसँगको कुराकानीमा, फिल्म निर्माता राधिका राव र विनय सप्रुले पहिलो भाग लेख्दा कथालाई दुई भागमा विभाजन गरिएको बताए । दोस्रो भागको कथा पहिले नै तयार रहेको र दोस्रो भागमा इन्दर (हर्षवर्धन राणे)को यात्रा कहाँ पुग्नेछ भन्ने बारेमा पनि आफू स्पष्ट रहेको उनले बताए । 

आधिकारिक घोषणा चाँडै गरिने

अर्को भ्यालेन्टाइन डे अर्थात् २०२६ को फेब्रुअरीसम्ममा यसको सिक्वेल ल्याउन सक्ने दाबी मेकरहरूको छ । सिक्वेलका अधिकांश गीतहरू लगभग पूरा भइसकेको बताइएको छ । ‘सनम तेरी कसम २’को काम तीव्र गतिमा भइरहेको र यसको आधिकारिक घोषणा चाँडै गरिने उनले बताए ।

सनम तेरी कसम २०१६ मा रिलिज भएको थियो । यो फिल्मले त्यतिबेला सोचेजस्तो प्रशंसा पाएन । फिल्म बक्स अफिसमा फ्लप साबित भयो । हालै भ्यालेन्टाइन डेको अवसरमा फिल्म पुनः रिलिज गरिएको छ र यस पटक फिल्मले दर्शकहरूमाथि जादु गरेको छ । यसैबिच निर्माताहरूले फिल्मको सिक्वेल रिलिज हुने स्पष्ट संकेत पनि दिएका छन् । 

यही फेब्रुअरी ७ मा फिल्म रि-रिलिज भएको थियो । सोही दिन लभयापा र ब्याडएस रविकुमार पनि रिलिज भएका थिए । दुवै नयाँ फिल्मबाट प्रतिस्पर्धा पाएपनि सनम तेरी कसमप्रति दर्शकले राम्रो माया देखाइरहेका छन् । फिल्मले आफ्नो पहिलो रिलिजको समयमा गरेको लाइफटाइम व्यापारलाई दुई दिनमै कमाएको छ । २०१६ मा यो फिल्मले केवल ९ करोड रुपैयाँ कमाएको थियो । रि-रिलिज गर्दा फिल्मले अहिलेसम्म १५ करोड ५० लाख भारु कमाइसकेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप