गोकुल बास्कोटाको कटाक्ष : चार प्रधानमन्त्री फेरिए‚ चार किलोमिटर बाटो बनेन
मङ्गलबार, २९ माघ २०८१, १३ : ५९
![गोकुल बास्कोटाको कटाक्ष : चार प्रधानमन्त्री फेरिए‚ चार किलोमिटर बाटो बनेन](https://npcdn.ratopati.com/media/news/gokul-baskota_AnrNkbOFpa.jpg)
काठमाडौँ । सत्तारुढ नेकपा एमाले सांसद गोकुल बास्कोटाले पटक पटक सरकार परिवर्तन भए पनि आफ्नो निर्वाचन क्षेत्रको चार किलोमिटर बाटो निर्माण नभएको भन्दै आक्रोश पोखेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
चार पटक प्रधानमन्त्री फेरिँदा पनि चार किलोमिटर बाटो निर्माण नभएको उनले बताए । ‘शून्य समय हो नसुने पनि हुन्छ । चारवटा प्रधानमन्त्री फेरियो । चारवटै मन्त्री र सचिव कति हो मलाई थाहा छैन‚’ उनले भने‚ ‘चार किलोमिटर बाटो खावा देखि धुलिखेल सम्मको बाटो बनेन भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्दछु । नभए ढुंगा खाने स्थिति बन्यो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीबाट बाहिरिए न्युजिल्यान्डका बलर बेन सियर्स
-
समय रैनाको शो मा गरेको टिप्पणी मामिलामा सर्वाेच्च अदालत पुगे रणवीर इलाहाबादिया
-
विरोध गरेर अध्यादेश पारित हुनबाट रोकिँदैन : महासचिव पोखरेल
-
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
-
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
-
भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित