मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

५.७८ प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्सको नाफा

मङ्गलबार, २९ माघ २०८१, १३ : ५७
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म चन्द्रागिरि हिल्स लिमिटेडको नाफा ५.७८ प्रतिशतले बढेको छ । कम्पनीले यो अवधिमा ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा चन्द्रागिरिले ६ करोड २८ लाख रुपैयाँ नाफा गरेको थियो । 

नाफा बढे पनि दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा आम्दानी घटेको छ । गएको पुषसम्म कम्पनीले ४२ करोड २५ लाख रुपैयाँमा आम्दानी गरेको छ । गत आवको पुषसम्म ४५ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको कम्पनीको भनाइ छ । 

आम्दानी घट्दा पनि नाफा बढ्नुको कारण प्रशासनिक खर्चमा आएको कमी रहेको कम्पनीले जनाएको छ । यो पुससम्म कम्पनीले ५ करोड २१ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ र गत वर्षको पुससम्म ५ करोड ७० लाख थियो । 

चालु आवको पुससम्म चन्द्रागिरि हिल्सको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप