सांसद अग्रहरी भन्छिन् : ६ महिनादेखि निरन्तर सरकारलाई सराप्ने काम भयो
मङ्गलबार, २९ माघ २०८१, १३ : ४४

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले प्रतिपक्षी दलहरूले सडकदेखि सदनसम्म सरकारलाई सराप्नेबाहेक केही काम गर्न नसकेको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अनावश्यक हल्ला गरेर केही नहुने बताइन् ।
‘६ महिनादेखि सडक देखि सदनको रोस्टमसम्म सरकारलाई सराप्ने र विरोध गर्ने बाहेक विपक्षीले केही सुनेको छैन‚’ उनले भनिन् । सांसद अग्रहरीले विरोधको राजनीतिक खेतीपाती बन्द गरेर सरकारले गरेको जायज कुरामा सहयोग गर्न प्रतिपक्षलाई सुझाव दिइन् ।
‘हुन त विरोधीहरू जथाभाबी बोलेको हैनन् उहाँहरूको धर्म हो । राजनीति खेतीपाती उहाँहरूले गर्नुभएको छ । जायज कुरामा राष्ट्रको कुरामा चिन्ता गरेर सहयोग गर्नुहोस् । अनावश्यक कराएर केही हुँदैन‚’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल