सुरु भयो फिल्म ‘पीआर’को छायाङ्कन
![सुरु भयो फिल्म ‘पीआर’को छायाङ्कन](https://npcdn.ratopati.com/media/news/476413180_1324825378643332_440416427975168530_n_eFKdYqQdlG.jpg)
काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायाङ्कन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायाङ्कन सुरु भएको हो । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।
निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहूर्त सट दिएका थिए । फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय छ ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता छन् ।
फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायाङ्कन र बन्दे प्रसादको सम्पादन हुनेछ । निर्देशक बस्नेतले फिल्मको छायाङ्कन अस्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायाङ्कन नेपालमा गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
-
पूर्वी कंगोमा सशस्त्र समूहको हमलामा ५५ नागरिकको मृत्यु
-
एलन मस्कले नाम फेरेर राखे ‘ह्यारी बोल्ज’
-
जलविद्युत् आयोजनाको भविष्य समाप्त नपार्न इप्पानको आग्रह
-
कोटीहोम विवादमा महानगरलाई ट्रष्टको जवाफ : जग्गा भाडामा दिन महानगरलाई सोध्नुपर्दैन
-
पेरिसमा मोदीले भने- एआईले रोजगारी गुम्ने डर छ, तर प्रविधिले काम खोस्दैन