एडल्ट ड्रामा ‘दु:खी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
![एडल्ट ड्रामा ‘दु:खी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://npcdn.ratopati.com/media/news/dukhi-atma_CxE8iJVkPv.jpg)
काठमाडौँ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘दु:खी आत्मा’लाई चलचित्र जाँचपास समितिले ‘पिजी’ सर्टिफिकेट दिएको छ ।
यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । तर, आज मात्र फिल्मको सेन्सर पास भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार, यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरूबाट फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माण पक्षले बताएको छ ।
अब, यो फिल्म हेर्नका लागि १६ वर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । निर्देशक लामाले भने–‘हाम्रो फिल्मको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएता पनि यो फ्यामिली फिल्म हो । यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग फिल्म हेर्न सक्नुहुनेछ ।’
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतको अभिनय छ । हिमाल कडरिया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।
फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो फिल्म रिलिजमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी कंगोमा सशस्त्र समूहको हमलामा ५५ नागरिकको मृत्यु
-
एलन मस्कले नाम फेरेर राखे ‘ह्यारी बोल्ज’
-
जलविद्युत् आयोजनाको भविष्य समाप्त नपार्न इप्पानको आग्रह
-
कोटीहोम विवादमा महानगरलाई ट्रष्टको जवाफ : जग्गा भाडामा दिन महानगरलाई सोध्नुपर्दैन
-
पेरिसमा मोदीले भने- एआईले रोजगारी गुम्ने डर छ, तर प्रविधिले काम खोस्दैन
-
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते