मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

८ करोडभन्दा बढी खर्चेर बनाइयो पालिकाको पक्की भवन

मङ्गलबार, २९ माघ २०८१, १३ : ३८
मङ्गलबार, २९ माघ २०८१

रुकुमपश्चिम । आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ । 

विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई  भवन हस्तान्तरण गरेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई रु सात करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी  भइसकेको छ । तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप