मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभा बैठकको सुरुवातमै सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकबिच सवाल जवाफ

मङ्गलबार, २९ माघ २०८१, १३ : ३०
मङ्गलबार, २९ माघ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार सदनप्रति अनुत्तरदायी भएको भन्दै सदनमा विरोध गरेको छ । उसले प्रतिनिधिसभा सभामुख र सचिवालयले बनाएको बैठक कार्यसूचीमा समेत आपत्ति जनाएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकको सुरुवातमै आकस्मिक समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई अपहेलना गरेको र जनताको प्रतिनिधिको आवाज नसुनेको बताए । 

‘आजको विषय सूचीमा कार्यव्यवस्था परामर्श बैठक बसेर कार्यतालिका बनाइयो । आज भ्रष्टाचार विधेयक पारित गर्ने थियो । यहाँ पस्दा सरकारले समय छैन भनेर सूची हटायो भनेर जानकारी आयो सरकारले पालना गर्नुपर्दैन? संसदले सधैँ सरकारले भनेको गर्ने हो । जनताको प्रतिनिधिले बनाएको कार्यसूची सरकारले पारित गर्नुपर्ने हो ?‚’ उनले प्रश्न गरे । 

साथै उनले विधायन सँग सम्बन्धित विधेयक बारे सरकारले संसद्को प्रक्रिया अभ्यासलाई बेवास्ता गरेको पनि विषय उठाउँदै उनले भने‚ ‘बारम्बार हामीले यो विषय उठायौँ तर ख्याल भएन । सरकार यो भ्रष्टाचार बारे कसरी जान खोजेको छ ? ’

पाण्डे बोलेपश्चात् नियमापत्ति गर्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले भने सदन सभामुखले चलाउने भन्दै तलबाट के लाग्यो भनेर प्रतिनिधिसभा बैठक नचल्ने उल्लेख गरे । 

‘कार्यसूचीमा के रहने नरहने भन्ने राख्नुभयो । सरकारले थप्न पनि सक्छ र कार्यसूची हटाउन पनि सक्छ‚’ उनले भने । 

त्यसपश्चात् बोल्दै रास्वपा सांसद गणेश पराजुलीले ‘दुई तिहाइको धाक दिने हो भन्दै प्रश्न गरे ।’

एमाले प्रमुख सचेतक महेश बर्तौलालाई प्रश्न गर्दै उनले भने‚ ‘सांसदले सरकारले सदन चलाउन सभामुखलाई सिकाउने हो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप