वर्तमान सरकार भ्रष्टाचारीहरूलाई बचाउने उद्देश्यले बनेको हो : प्रचण्ड
![वर्तमान सरकार भ्रष्टाचारीहरूलाई बचाउने उद्देश्यले बनेको हो : प्रचण्ड](https://npcdn.ratopati.com/media/news/476623297_1162668475213130_8396741391818299404_n_bNAwPkjncI.jpg)
सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार भ्रष्टाचारी संरक्षित भएको जिकिर गरेका छन् ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४ पछिसम्म गएपनि हामीलाई टेन्सन छैन ।’ यद्यपि सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको दाबी गर्दै उनले पार्टी मुखदर्शक नबन्ने प्रस्ट पारे ।
साथै प्रचण्डले केपी ओली बेइमानी भएको र सुशासन भत्काउन लागि परेको पनि बताए । उनले भने, ‘बरु शेरबहादुरजी इमान्दार हुनुहुन्छ, केपीजस्तो जाली झेली, बेइमानी कोही छैन । मलाई स्वर्ग र नर्क जाने कुरा गरेर ढाँटे ।’
त्यसैले अहिलेको सरकारले गलत गरे हेरेर नबस्ने प्रचण्डको भनाइ छ । ‘जस्तो गरेपनि सरकार टिकिरहोस् भन्ने त हैन तर सरकारप्रति माओवादीको कुनै चासो छैन,’ उनले भने, ‘हामी जनतामा छौँ, माओवादीलाई एक्लै चुनावमा जान सक्दैनन् भन्ने आरोप छ, त्यो गलत हो, उपनिर्वाचनले देखाइसकेको छ ।’
माओवादी कसैको वैशाखीबिनाकै चुनाव लड्न सक्ने सामर्थ्य राख्ने पनि उनको भनाइ थियो ।
प्रचण्डले पार्टीभित्र अहिले कुनै समस्या नभएको प्रस्ट पारे । ‘विद्यार्थी संगठनको चुनावलाई लिएर मिडियामा आएको सबै विषय सत्य हैन,’ उनले भने, ‘सबै माओवादीकै विद्यार्थी हो । अहिले राम्रो काम गर्नेगरी अघि बढिरहनु भएको छ ।’
एमाले उपाध्यक्ष ‘बादल’ले जनयुद्धलाई ‘हिंसा’ भनेको विषयमा प्रचण्डले आफूले कुनै टिप्पणी गर्न नचाहने बताए ।
समाजवादी मोर्चामा रहेका दलहरूबिच पार्टी एकताको विषयमा छलफल भइरहेको पनि बताए । ‘अहिले हामी समाजवादी मोर्चामा छौँ, एकताको विषयमा पनि छलफल चलिरहेकै छ,’ प्रचण्डले भने, ‘यद्यपि अहिलेसम्म एकताको कुराले ठोस् आकार ग्रहण गरिसकेको अवस्था छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक
-
देशभर १० लाखभन्दा बढीले लगाए एचपीभी खोप
-
उठ्न थाल्यो हेटौंडाको फोहोर
-
विपद्जन्य घटनाको जोखिम बढिरहेको छ : मन्त्री लामिछाने
-
कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
-
एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या